टि ट्वान्टी विश्वकप: नेपालको कमजोर प्रदर्शन, लगातार दोस्रो हार

काठमाडाैं | माघ २९, २०८२

टि ट्वान्टी विश्वकप: नेपालको कमजोर प्रदर्शन, लगातार दोस्रो हार Photo: CAN

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको छ।

 

पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग आज नेपाल १० विकेटले पराजित भएको छ।

 

पहिलो खेलमा इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको नेपाल टोलीले आज समर्थकलाई निराश बनाएको छ।

 

यो हारले नेपालको सुपर एटको सम्भावना कमजोर बनाएको छ।

 

१ सय २४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा विना विकेटको नोक्सानीमा जित निकालेको हो। मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले शतकीय साझेदारी गर्दै नेपाललाई हराएका छन्।

 

एन्थोनी ३२ बलमा ६२ र जस्टिनले ४४ बलमा ६० रनमा नटआउट रहे। नेपाली टोलीले पहिलो पटक विश्वकप खेलेको इटालीसँग पूरा २० ओभर ब्याटिङ गर्न सकेन ।

 

नेपाल १९.३ ओभरमा १ सय २३ रन‌ बनाउँदै अलआउट भएको छ।

 

मुम्बईको वानखेडे स्टेडियममा त्यसअघि इटालीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको नेपाली टोली सुरुबाट नै धर्मरायो।

 

४० रन‌माथिको मात्र दुई वटा साझेदारी बन्न सक्यो ।
 

आरिफ शेखको २७ रन नै नेपाली खेलाडीको सर्वाधिक रन  रह्यो। उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट भए।  करण केसी १८ रनमा अविजित रहे।

 

१८ बलमा १७ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्रिसन कालुगामागेको बलमा बोल्ड आउट भए। २० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७.२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरबाट आउट भए।

 

सातौँ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल २३ रनमा क्याच आउट भए। १४ बलमा २ छक्का प्रहार गरेका कप्तान रोहित क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टको हातबाट क्याच आउट नै भए।

 

दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए।

 

१० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे। सन्दीप लामिछाने ५ ,लोकेश बम र गुलशन झा समान ३ रन बनाए। नन्दन यादव र ललित राजवंशी शुन्य रनमा  रनआउट भए।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्